दफा १०३
बीमित हित संरक्षण कोष सम्बन्धी व्यवस्था
(१) ऐनको दफा १५० बमोजिमको बीमित हित संरक्षण कोष सञ्चालन तथा व्यवस्थापनको लागि बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम इजाजतपत्रप्राप्त “क“ वर्गको वाणिज्य बैङ्कमा छुट्टै खाता खोली कारोबार सञ्चालन गर्नु पर्नेछ।
(२) बीमित हित संरक्षण कोषको रकमको - प्रयोग देहाय बमोजिम हुनेछ:-
(क) बीमक खारेजी वा दामासाहीमा परेको अवस्थामा बीमकको सम्पत्तिबाट बीमितलाई दायित्व भुक्तानी गर्न नसक्ने भएमा प्राधिकरणले निर्धारण गरे बमोजिमको रकम भुक्तानी गर्न,
(ख) ऐनको दफा १५० को उपदफा (२) को खण्ड (ग) बमोजिम कोषमा जम्मा भएकोमा बीमित पहिचान भएमा वा बीमितको मृत्यु भई दफा १२७ बमोजिम भुक्तानी प्राप्त गर्न सक्ने व्यक्तिबाट पहिचान सहित दाबी हुन आएमा त्यस्तो दाबी भुक्तानी गर्न,
(ग) देशको कुनै भू-भाग वा क्षेत्रमा महाविपत्ति लगायतका अन्य सङ्कट आइपरेको अवस्थामा बीमित हित सम्बन्धी प्राधिकरणले निर्धारण गरे बमोजिमको कार्यको लागि हुने खर्च गर्न।
(३) उपनियम (२) बमोजिम भुक्तानीमा प्रतिकूल असर नपर्ने गरी बाँकी रकम नेपाल सरकार वा नेपाल राष्ट्र बैङ्कको बचतपत्र वा क्रणपत्र वा “क“ वर्गको वाणिज्य बैङ्कको मुद्दती निक्षेपमा लगानी गर्न सकिनेछ।
(४) उपनिमय (३) बमोजिमको लगानीबाट प्राप्त ब्याज ऐनको दफा १५० बमोजिमको कोषमा जम्मा गर्नु पर्नेछ।